राजश्व १५ खर्ब ८० अर्ब उठाउने लक्ष्य महत्वाकांक्षी नै हो- अर्थमन्त्री डा. वाग्ले
१८ जेठ, २०८३, सोमवार
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व १५ खर्ब ८० अर्ब उठाउने महत्वाकांक्षी उद्धेश्य राखेको स्पष्ट गरेका छन् ।
- नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेट बारेको छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले बजेटमा राजश्व महत्वकांक्षी रुपमा नै १५ खर्ब ८० अर्ब उठाउने लक्ष्य राखिएको स्पष्ट गरेका हुन् ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व १५ खर्ब ८० अर्ब उठाउने महत्वाकांक्षी उद्धेश्य राखेको स्पष्ट गरेका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेट बारेको छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले बजेटमा राजश्व महत्वकांक्षी रुपमा नै १५ खर्ब ८० अर्ब उठाउने लक्ष्य राखिएको स्पष्ट गरेका हुन् ।
उनले आफुहरुले आटेर नै क्रान्त्रिकारी व्यवस्था बजेटमा गरेको बताउदै पाँच बर्षमा के के गर्ने भन्ने योजना बनाएर नै यस बर्षको बजेट आएको बताए । उनले पहिलो बर्ष स्रोत सुनिश्चित गर्ने चुनौती रहेकोले सोचे जातिका सबै योजना समावेश गर्न नसकेको बताए ।
अर्थमन्त्री डा. वाग्लेले पछिल्लो १० बर्षमा जीडीपी अनुसारको सबै भन्दा कम बजेट ल्याएको दाबि गर्दै ठुलो बजेट ल्यायो भनेर आलोचना गर्नेहरुलाई आँकडा हेर्न आग्रह गरे ।
उनले एआई सेन्टर स्थापना गर्ने भन्दै यस विषयमा कसैले कल्पना नगरेको काम सरकारले गर्न लागेको दाबि गरे ।
अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयन मिशन मोडमा गर्ने बताउदै यसमा सरकार निजी क्षेत्र र सबै सरोकारवालाले सहयोग गर्न आग्रह समेत गरेका छन् । उनेल सबैलाई हाउगुजी र अतिरन्जनामा नलाग्न आग्रह गर्दै कसैले नगरेको आँट सरकार गरेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।